agricultural development bank

कृषि विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७५–७६ को विवरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको मंसिर २४ गते बसेको संचालक समितिको बैठकले ३०% लाभांश (६% बोनस सेयर तथा २४% नगद लाभांश) कर प्रयोजनको लागि समेत प्रस्ताव गरेको हो । त्यसै गरि नेपाल सरकारको फिर्ता हुने  अग्रअधिकार सेयर धनीले ६% नगद लाभांश पाउनेछ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले पाउनेछ ।

हाल यस बैंको चुक्तापुँजी ९ अर्ब १ करोड रहेको छ । साथै अग्रअधिकार सेयर ५ अर्ब ४३ करोड रहेको छ ।

Visa Travels