डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५–७६ को विवरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको मंसिर २% गते बसेको संचालक समितिको बैठकले ४५% लाभांश (३०% अर्थात् २३ करोड २० लाख बोनस सेयर तथा १५% अर्थात् ११ करोड ६० लाख नगद लाभांश) कर प्रयोजनको लागि समेत प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले पाउनेछ ।
हाल यस लघुवित्तको चुक्तापुँजी ७७ करोड ३४ लाख रहेको छ ।