पोखरा फाइनान्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ ।
साभारणसभा प्रयोजनको लागि बैंकको सेयर दाखिला खारेज (बुक क्लोज) २०७६ पु्ष ०४ देखि पुस १८ गते सम्म हुनेछ । पुष ०३ गते सम्म सम्म कायम सेयरधनीहरुले मात्र एजीएममा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्ने पाउनेछ ।
फाइनान्सका २३ औं साधारणसभा २०७६ पुस १८ गते विहान ०९ः०० बजे, दरबारथोक व्यांक्वेट, पोखारा कास्कीमा हुनेछ ।
प्रस्तावहरु
संचालक समितिले प्रस्ताब गरे बमोजिम आ.ब. २०७५–७६ को मुनाफाबाट चुक्तापुँजीको ७% बोनस सेयर र ७.२०% नगद लाभांश प्रस्ताव पारित गर्ने ।
संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आ.व. २०७५–७६को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने ।
आर्थिक बर्ष २०७६–७७को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रकिम निर्धारण गर्ने ।
कम्पनीकोे प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने
हाल यस बैंकको चुक्तापुजी ८५ करोड ७२ लाख रहेको छ ।