agricultural development bank

कृषि विकास बैंक लिमिटेडले साधारणसभा आह्वान गरेको छ ।

साभारणसभा प्रयोजनको लागि बैंकको सेयर दाखिला खारेज (बुक क्लोज) २०७६ पुष १३ देखि पुष २७ गते सम्म हुनेछ । पुष १२ गते सम्म कायम सेयरधनीहरुले मात्र एजीएममा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्ने पाउनेछ ।

बैंकको  साधारणसभा २०७६ पुस २७ गते विहान ११ः०० बजे, कृषि विकास बैंक, केन्द्रिय तालिम प्रतिष्ठन, बोडे, भक्तपुरमा हुनेछ ।

प्रस्तावहरु

संचालक समितिले प्रस्ताब गरे बमोजिम आ.ब. २०७५७६ को मुनाफाबाट चुक्तापुँजीको ६५ बोनस सेयर र २४५ नगद लाभांश प्रस्ताव पारित गर्ने । अग्राअधिकार सेयरधनीलाई ६% नगद लाभांश प्रस्ताव पारित गर्ने ।

संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आ.ब. २०७५–७६ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने ।

आर्थिक बर्ष २०७६–७७ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।

बैंकको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने

हाल यस बैंकको चुक्तापुजी ९ अर्ब ०१ करोड रहेको छ । अग्राधिकार सेयर ५ अर्ब ४३ करोड रहेको छ ।

Visa Travels