nepal investment bank

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले साधारणसभा आह्वान गरेको छ ।

साभारणसभा प्रयोजनको लागि बैंकको सेयर दाखिला खारेज (बुक क्लोज) २०७६ पुष १४ देखि साधारणसभा नभए सम्म हुनेछ । पुष १३ सम्म कायम सेयरधनीहरुले मात्र एजीएममा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्ने पाउनेछ ।

बैंकको ३३ औं साधारणसभा २०७६ पुस २८ गते विहान १०ः०० बजे, काठमाडौंको राष्ट्रिय सभा गृह, प्रदर्शनिमार्गमा हुनेछ ।

प्रस्तावहरु

संचालक समितिले प्रस्ताब गरे बमोजिम आ.ब. २०७५७६ को मुनाफाबाट चुक्तापुँजीको १०.५% बनोस सेयर र ८.५% नगद लाभांश प्रस्ताव पारित गर्ने । खन्डित बनोस सेयरलाई नगदबाट समायोजन गरी पूर्ण १ कत्ता सेयर दिने ।

संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आ.व. २०७५–७६को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने ।

आर्थिक बर्ष २०७६–७७को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रकिम निर्धारण गर्ने ।

यस बैंक अन्य उपयुक्त बैंक तथा वित्तिय सस्थासँग गाभ्ने वा गाभिने का लागि उपयुक्त संस्था पहिचान गर्ने, उपयुक्त देखिए मा सो सम्बन्धी समझदानरी पत्र हस्ताक्षर गर्ने, स्वीकृतिको लाग राष्ट्र बैंकमा आबेदन दिने, सम्पत्ति तथा दायित्व मुल्याङ्कन गर्ने, सोको लागि लेखापरिक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतको सम्पुर्ण कार्यको गर्न गराउन संचालक समितिलाई अख्तियारी दिने ।

बैंकको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने

Visa Travels