annual general meeting

नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५–७६ को विवरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको पुष ७ गते बसेको संचालक समितिको बैठकले ४५% नगद लाभांश प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावित लाभांश साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले पाउनेछ । कम्पनीको साधारणसभा २०७६ पोष २९ गते त्रिभुवन आर्मी अफिर्सस क्लब, टुडिखेल काठमाडौँमा सम्पन्न हुनेछ ।

साधारणसमभाको लागि कम्पनीले सेयरधनी किताव बन्द (बुक क्लोज) २०७६ पुष १५ तोकेको छ । २०७६ पुस १४ गते सम्म कायम सेयरधनीहरुले मात्र एजीएममा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्ने पाउनेछ ।

एजेण्डाहरु

संचालक समितिले प्रस्ताब गरे बमोजिम आ।ब। २०७५७६ को मुनाफाबाट प्रति सेयर रु४५ का दरले नगद लाभांश प्रस्ताव पारित गर्ने ।

कम्पनीमा मौज्दातमा रहेको रकम बैंक तथा वित्तिय कम्पनी, धितोपत्र वा अन्य कम्पनीको सेयर तथा ऋण पुँजीमा लगानी गर्ने, साथै विद्युत र उर्जा उत्पादन , प्रशारण वा विवरण गर्ने र अन्य सुवा मुलक कम्पनी खोल्ने वा त्यस्ता कम्पनीमा ऋण समेत लगानी गर्ने ।

संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आ।व। २०७५–७६ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने ।

आर्थिक बर्ष २०७६–७७को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रकिम निर्धारण गर्ने ।

Visa Travels