annual general meeting

शनिबार, २०७६ पौष २६ गते ४ कम्पनीको साधारणसभा सम्पन्न हुने भएको छ । नेप्सेमा सुचिकृत भएको साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड, महुली सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेड, किसान माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेड र घोडीघोडा लघवित्त वित्तिय संस्था लिमिटेडको साधारणसभा भोली हुन गई रहेको छ ।

साना किसान विकास लघुवित्तको १८ औँ वार्षिक साधारणसभा २०७६ पौष २६ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा विहान ११ः०० बजे सम्पन्न हुनेछ ।

लघुवित्तको बुक क्लोज २०७६ पौष १४ गते रहेको थियो । पौष १३ गते सम्म कायम सेयरधनीहरुले मात्र साधारणसभामा प्रतिनिधित्व गर्न सक्नेछन् ।

प्रस्तावहरु

संचालक समितिले प्रस्ताब गरे बमोजिम आर्थिक बर्ष २०७५–७६ को मुनाफाबाट चुक्तापुँजीको २७.२५% बोनस सेयर र १.४३४२% नगद लाभांश प्रस्ताव पारित गर्ने ।

कम्पनीको अधिकृति पुँजी, जारी पुँजी र चुक्तापुँजी वृद्धि गरी क्रमश, २ अर्ब ७५ करोड, २ अर्ब र १ अर्ब कायम गर्ने ।

संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७५–७६ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने ।

आर्थिक बर्ष २०७६–७७ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रकिम निर्धारण गर्ने । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।

हाल यस बैंकको चुक्तापूँजी ७८ करोड ६० लाख रहेको छ ।

महुली सामुदायिक लघुवित्तको सातौं वार्षिक साधारणसभा २०७६ पौष २६ गते महुली सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेड, केन्द्रिय कार्यालय, महुली सप्तरीमा विहान ११ः०० देखि हुनेछ ।

पौष १३ गते सम्म कायम सेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन सक्नेछन् । कम्पनीको बुक क्लोज पौष १४ गते रहेको थियो ।

प्रस्तावहरु

संचालक समितिले प्रस्ताब गरे बमोजिम आर्थिक बर्ष २०७५-७६ को मुनाफाबाट चुक्तापुँजीको २०% बोनस सेयर र ११.५७९% नगद लाभांश प्रस्ताव पारित गर्ने ।

यस लघुवित्त अन्य उपयुक्त वित्तिय संस्थासँग गाभ्ने वा गाभिने का लागि उपयुक्त संस्था पहिचान गर्ने, उपयुक्त देखिए मा सो सम्बन्धी समझदारी पत्र हस्ताक्षर गर्ने, स्वीकृतिको लाग राष्ट्र बैंकमा आबेदन दिने, सम्पत्ति तथा दायित्व मुल्याङ्कन गर्ने, सोको लागि लेखापरिक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतको सम्पुर्ण कार्यको गर्न गराउन संचालक समितिलाई अख्तियारी दिने ।

बैंकको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने ।

संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७५–७६ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने ।

आर्थिक बर्ष २०७६–७७ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रकिम निर्धारण गर्ने ।
हाल यस बैंकको चुक्तापूँजी १० करोड २० लाख रहेको छ ।

किसान माइक्रोफाइनान्सको ७ औँ वार्षिक साधारणभा २०७६ पौष २६ गते होटल शान्ति, लक्कीचुहा १, लक्की कैलालीमा विहान ११ः०० बजे सम्पन्न हुनेछ ।

लघुवित्तको बुक क्लोज २०७६ पौष १५ गते रहेको थियो । पौष १४ गते सम्म कायम सेयरधनीहरुले मात्र साधारणसभामा प्रतिनिधित्व गर्न सक्नेछन् ।

प्रस्तावहरु

संचालक समितिले प्रस्ताब गरे बमोजिम आर्थिक बर्ष २०७५-७६ को मुनाफाबाट चुक्तापुँजीको २३.९५% बोनस सेयर र १.१४% नगद लाभांश प्रस्ताव पारित गर्ने ।

अधिकृत पुँजीलाई वृद्धि गरी २५ करोड र चुक्तापुँजीलाई २१ करोड ३२ लाख कायम गर्ने ।

बोनस सेयर जारी पश्चात कायम हुने चुक्तापुँजी १० करोड ६६ लाखको १००% आर्थात् १ः१ हदप्रद सेयर जारी गर्ने

संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७५–७६ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने ।

आर्थिक बर्ष २०७६–७७ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रकिम निर्धारण गर्ने ।

हाल यस कम्पनीको चुक्तापूँजी ८ करोड ६० लाख रहेको छ ।

घाडीघोडा लघुवित्त वित्तिय संस्थाको चौथौ वार्षिक साधारणसभा २०७६ पौष २६ गते शुभश्री प्यालेस प्रा.लि. हसनपुर, धनगढी, कैललीमा, विहान ११ः०० बजे सभा बस्नेछ ।

२०७६ पौष ०६ गते सम्म कायम सेयरधनीहरुले मात्र साधारणसभामा प्रतिनिधित्व गर्न सक्नेछन् । कम्पनीको बुक क्लोज पौष ०७ गते रहेको थियो ।

प्रस्तावहरु

हल कायम रहेको चुक्तापुँजीको २०% हकप्रद सेयर जारी गर्ने । जारी र पुक्तापुँजी ३ करोड ३१ लाख पु¥याउने ।

यस संस्थाको कार्यक्षेत्र १० जिल्ला रहेकोमा सुदुरपश्चिम प्रदेशभित्र कार्यक्षेत्र कायम गर्ने । साथै विभिन्न विपे्रषण कम्पनीहरुसँग सम्झौता गरी विप्रेषण (रिमिटेन्स) सम्बन्धी कार्य गर्ने ।

संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७५–७६ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने ।

आर्थिक बर्ष २०७६–७७ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रकिम निर्धारण गर्ने ।

हाल यस कम्पनीको चुक्तापुँजी २ करोड ४६ लाख रहेको छ ।

Visa Travels