annual general meeting

आज आइतबार २०७६ पौष २७ गते ३ कम्पनीले साधारणसभा डाकेको छ । नेप्सेमा सुचिकृत भएको कृषि विकास बैंक लिमिटेड, स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेड र सानिमा माई हाईड्रोपावर लिमिटेडको साधारणसभा आज हुन गई रहेको छ ।

कृषी विकास बैंकको १३ औं वार्षिक साधारणसभा २०७६ पौष २७ गते कृषि विकास बैंक लिमिटेड, केन्द्रिय तालिम प्रतिष्ठान, बोड,े भक्तपुरमा विहान ११ः०० देखि हुनेछ ।

पौष १२ गते सम्म कायम सेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन सक्नेछन् । कम्पनीको बुक क्लोज पौष १३ गते रहेको थियो ।

प्रस्तावहरु

संचालक समितिले प्रस्ताब गरे बमोजिम आर्थिक बर्ष २०७५-७६ को मुनाफाबाट चुक्तापुँजीको ६% बोनस सेयर र २४% नगद लाभांश प्रस्ताव पारित गर्ने । अग्राधिकार सेयरधनीहरुलाई पुक्तापुँजीको ६% नगद लाभांश वितरण गर्न स्वीकृति दिने ।

बैंकको प्रबन्धपत्र तथा नियमावलीमा कानुन बमोजिम आवश्यक संशोधन गर्ने ।

संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७५–७६ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने ।

आर्थिक बर्ष २०७६–७७ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रकिम निर्धारण गर्ने ।

हाल यस बैंकको चुक्तापूँजी ९ अर्ब ०१ करोड रहेको छ । अग्राधिकार सेयर पूँजी ५ अर्ब ४३ करोड रहेको छ ।

स्पर्स लघुवित्तको तेश्रो वार्षिक साधारणसभा २०७६ पौष २७ गते होटल बाराही, लेसाइड, पोखरा, कास्कीमा विहान ११ः०० बजे सम्पन्न हुनेछ ।

लघुवित्तको बुक क्लोज २०७६ पौष १० गते रहेको थियो । पौष ०९ गते सम्म कायम सेयरधनीहरुले मात्र साधारणसभामा प्रतिनिधित्व गर्न सक्नेछन् ।

प्रस्तावहरु

संचालक समितिले प्रस्ताब गरे बमोजिम आर्थिक बर्ष २०७५-७६ को मुनाफाबाट चुक्तापुँजीको १३% बोनस सेयर र ०.६८% नगद लाभांश प्रस्ताव पारित गर्ने ।

यस संस्था अन्य वित्तिय सस्थासँग गाभ्ने वा गाभिने का लागि उपयुक्त संस्था पहिचान गर्ने, उपयुक्त देखिए मा सो सम्बन्धी समझदारी पत्र हस्ताक्षर गर्ने, स्वीकृतिको लाग राष्ट्र बैंकमा आबेदन दिने, सम्पत्ति तथा दायित्व मुल्याङ्कन गर्ने, सोको लागि लेखापरिक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतको सम्पुर्ण कार्यको गर्न गराउन संचालक समितिलाई अख्तियारी दिने ।

संस्थाले गाभ्ने वा गाभने कार्य समाप्त भए पश्चात् कायम हुने चुक्तपुँजीको १ः१ हकप्रद सेयर जारी गर्ने ।

संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७५–७६ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने ।

आर्थिक बर्ष २०७६–७७ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रकिम निर्धारण गर्ने । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।

हाल यस कम्पनीको चुक्तापूँजी ८ करोड २९ लाख रहेको छ ।

सानिमा माई हाइड्रोपावरको ७ औँ वार्षिक साधारणभा २०७६ पौष २६ गते सेलिबे्रसन हाईट, सुकेधारा चोक, काठमाडौंमा विहान ११ः०० बजे सम्पन्न हुनेछ ।

लघुवित्तको बुक क्लोज २०७६ पौष ०७ गते रहेको थियो । पौष ०६ गते सम्म कायम सेयरधनीहरुले मात्र साधारणसभामा प्रतिनिधित्व गर्न सक्नेछन् ।

प्रस्तावहरु

संचालक समितिले प्रस्ताब गरे बमोजिम आर्थिक बर्ष २०७५-७६ को मुनाफाबाट चुक्तापुँजीको १०% बोनस सेयर र ०.५२६३% नगद लाभांश प्रस्ताव पारित गर्ने ।

संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७५–७६ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने ।

आर्थिक बर्ष २०७६–७७ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रकिम निर्धारण गर्ने । कम्पनीको प्रबन्धपत्र र नियमवलीमा आवश्यक संशोधन गर्ने ।

हाल यस कम्पनीको चुक्तापूँजी २ अर्ब ३२ करोड रहेको छ ।

Visa Travels