७ लघुवित्त सहित २४ कम्पनीको साधारणसभा आज

annual general meeting
Visa Travels

आज पौष मसान्त ७ लघुवित्त वित्तीय संस्था सहित २४ कम्पनीको साधारण सभा हुने भएको छ । निम्न लघवित्तहरुको साधारणसभाले निम्न पस्तावहरु पारित गर्नेछ ।

फरवार्ड कम्युनिटि माइक्रोफाइनान्स वित्तीय संस्थाको ७ औं वार्षिक साधारणसभा २०७६ पौष २९ गते संस्थाको केन्द्रिय कार्यालय, दुहवी, सुनसरीमा विहान १०ः३० देखि हुने भएकोछ ।

ads

पौष १४ गते सम्म कायम सेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन सक्नेछन् । कम्पनीको बुक क्लोज पौष १५ गते रहेको थियो ।

प्रस्तावहरु१

संचालक समितिले प्रस्ताब गरे बमोजिम आर्थिक बर्ष २०७५-७६ को मुनाफाबाट चुक्तापुँजीको ३२.५% बोनस सेयर र १२.५% नगद लाभांश प्रस्ताव पारित गर्ने । बोनस वितरण गर्दा आउने खण्डिकृत सेयरलाई नगद लाभांशबाट सामायोजन गरी पुर्ण अंकमा परिणत गर्नेे ।

यस बैंक अन्य उपयुक्त बैंक तथा वित्तिय सस्थासँग गाभ्ने वा गाभिने का लागि उपयुक्त संस्था पहिचान गर्ने, उपयुक्त देखिए मा सो सम्बन्धी समझदारी पत्र हस्ताक्षर गर्ने, स्वीकृतिको लाग राष्ट्र बैंकमा आबेदन दिने, सम्पत्ति तथा दायित्व मुल्याङ्कन गर्ने, सोको लागि लेखापरिक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतको सम्पुर्ण कार्यको गर्न गराउन संचालक समितिलाई अख्तियारी दिने ।

हाल यस कम्पनीको चुक्तापूँजी ३७ करोड ७६ लाख रहेको छ ।

उन्नति लघुवित्त वित्तीय संस्थाको ५ औं वार्षिक साधारणसभा २०७६ पौष २९ गते होटल पौपा, चिल्ड्रेनपार्क, रुपन्देहीमा विहान १०ः३० देखि हुने भएकोछ ।

पौष १४ गते सम्म कायम सेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन सक्नेछन् । कम्पनीको बुक क्लोज पौष १५ गते रहेको थियो ।

प्रस्तावहरु

संचालक समितिले प्रस्ताब गरे बमोजिम आर्थिक बर्ष २०७५-७६ को मुनाफाबाट चुक्तापुँजीको ३८.६०% बोनस सेयर प्रस्ताव पारित गर्ने ।

बोनस वितरण पश्चात कम्पनीको चुक्तापुँजी १२ करोड २३ लाख पुग्नेछ । कम्पनीले सहर्या लघुवित्त वित्तिय संस्थालाई १ः०.७५ अनुपातमा प्राप्त गर्दा आउने पुँजी २ करोड ७१ लाख गरी १४ करोड ९५ लाख कायम गर्ने ।
उन्तति लुघवित्त र सहकार्य लघुवित्त गाभिए पछि १ः१ हकप्रद जारी गरी चुक्तापुँजी २९ करोड ९० लाख कायम गर्ने प्रस्ताव पारत गर्ने ।

उन्तति लुघवित्त र सहकार्य लघुवित्त गाभिए पश्चात संस्थाको नाम उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड तथा केन्द्रीय कार्यालय सिद्धार्थनगर, नगरपालिका १२, रुपदेहीमा रहनेछ ।

समता लघुवित्त वित्तीय संस्थाको ६ औं वार्षिक साधारणसभा २०७६ पौष २९ गते होटल इच्छा, सिमारा बारामा दिउसो १ देखि हुने भएकोछ ।

पौष १८ गते सम्म कायम सेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन सक्नेछन् । कम्पनीको बुक क्लोज पौष १९ गते रहेको थियो ।

प्रस्तावहरु

संचालक समितिले प्रस्ताब गरे बमोजिम आर्थिक बर्ष २०७५-७६ को मुनाफाबाट चुक्तापुँजीको ५% बोनस सेयर र ५.५२६३% नगद लाभांश प्रस्ताव पारित गर्ने ।

यस बैंक अन्य उपयुक्त बैंक तथा वित्तिय सस्थासँग गाभ्ने वा गाभिने का लागि उपयुक्त संस्था पहिचान गर्ने, उपयुक्त देखिए मा सो सम्बन्धी समझदारी पत्र हस्ताक्षर गर्ने, स्वीकृतिको लाग राष्ट्र बैंकमा आबेदन दिने, सम्पत्ति तथा दायित्व मुल्याङ्कन गर्ने, सोको लागि लेखापरिक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतको सम्पुर्ण कार्यको गर्न गराउन संचालक समितिलाई अख्तियारी दिने ।

हाल यस कम्पनीको चुक्तापूँजी १८ करोड २० लाख रहेको छ ।

समिट लघुवित्त वित्तीय संस्थाकोे ११ औं वार्षिक साधारणसभा २०७६ पौष २९ गते अग्रेसन भवन, विर्तामोड, झापामा विहान १०ः०० देखि हुने भएकोछ ।

पौष १५ गते सम्म कायम सेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन सक्नेछन् । कम्पनीको बुक क्लोज पौष १६ गते रहेको थियो ।

प्रस्तावहरु

संचालक समितिले प्रस्ताब गरे बमोजिम आर्थिक बर्ष २०७५-७६ को मुनाफाबाट चुक्तापुँजीको २१.०९५२३८% बोनस सेयर र कर प्रयोजनको लागि २३ लाख ३१ हजार नगद लाभांश प्रस्ताव पारित गर्ने ।

यस बैंक अन्य उपयुक्त बैंक तथा वित्तिय सस्थासँग गाभ्ने वा गाभिने का लागि उपयुक्त संस्था पहिचान गर्ने, उपयुक्त देखिए मा सो सम्बन्धी समझदारी पत्र हस्ताक्षर गर्ने, स्वीकृतिको लाग राष्ट्र बैंकमा आबेदन दिने, सम्पत्ति तथा दायित्व मुल्याङ्कन गर्ने, सोको लागि लेखापरिक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतको सम्पुर्ण कार्यको गर्न गराउन संचालक समितिलाई अख्तियारी दिने ।

सस्थासँग गाभ्ने वा गाभिने कार्य सम्पन्न भए पछि १ः१ हकप्रद सेयर जारी गर्ने ।

हाल यस कम्पनीको चुँक्तापुँजी २१ करोड रहेको छ ।

मिथिला लघुवित्त वित्तीय संस्थाकोे वार्षिक साधारणसभा २०७६ पौष २९ गते श्री राधाकृष्ण मन्दिर तथा सामुदायिक भवनको हल, मिथिला नगरपालिका ६, धुनषामा विहान ११ः०० देखि हुने भएकोछ ।

पौष १४ गते सम्म कायम सेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन सक्नेछन् । कम्पनीको बुक क्लोज पौष १५ गते रहेको थियो ।

प्रस्तावहरु

संचालक समितिले प्रस्ताब गरे बमोजिम आर्थिक बर्ष २०७५-७६ को मुनाफाबाट चुक्तापुँजीको १५% बोनस सेयर र रु ८ लाख ३५ हजार नगद लाभांश प्रस्ताव पारित गर्ने ।

यस बैंक अन्य उपयुक्त बैंक तथा वित्तिय सस्थासँग गाभ्ने वा गाभिने का लागि उपयुक्त संस्था पहिचान गर्ने, उपयुक्त देखिए मा सो सम्बन्धी समझदारी पत्र हस्ताक्षर गर्ने, स्वीकृतिको लाग राष्ट्र बैंकमा आबेदन दिने, सम्पत्ति तथा दायित्व मुल्याङ्कन गर्ने, सोको लागि लेखापरिक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतको सम्पुर्ण कार्यको गर्न गराउन संचालक समितिलाई अख्तियारी दिने ।

हाल यस कम्पनीको चुक्तापूँजी १० करोड ५८ लाख रहेको छ ।

सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाकोे ५ औं वार्षिक साधारणसभा २०७६ पौष २९ गते होटल पाथीभारा इन्टरनेशनल, इटहरी ९, सुनसरीमा विहान ११ः०० देखि हुने भएकोछ ।

पौष १३ गते सम्म कायम सेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन सक्नेछन् । कम्पनीको बुक क्लोज पौष १४ गते रहेको थियो ।

प्रस्तावहरु

संचालक समितिले प्रस्ताब गरे बमोजिम आर्थिक बर्ष २०७५-७६ को मुनाफाबाट चुक्तापुँजीको १०% बोनस सेयर र ३ लाख १५ हाजर नगद लाभांश प्रस्ताव पारित गर्ने ।

बोनस सेयर जारी पश्चात १ः१ हकप्रद सेयर जारी गर्ने ।

यस बैंक अन्य उपयुक्त बैंक तथा वित्तिय सस्थासँग गाभ्ने वा गाभिने का लागि उपयुक्त संस्था पहिचान गर्ने, उपयुक्त देखिए मा सो सम्बन्धी समझदारी पत्र हस्ताक्षर गर्ने, स्वीकृतिको लाग राष्ट्र बैंकमा आबेदन दिने, सम्पत्ति तथा दायित्व मुल्याङ्कन गर्ने, सोको लागि लेखापरिक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतको सम्पुर्ण कार्यको गर्न गराउन संचालक समितिलाई अख्तियारी दिने ।

हाल यस बैंकको चुक्तापूँजी ६ करोड रहेको छ ।

नेपाल सेवा लघुवित्त वित्तीय संस्थाकोे ५ औं वार्षिक साधारणसभा २०७६ पौष २९ गते श्री इन्द्रवती सामुदायिक सेवा केन्द्र, पटकशील ८, सिन्धुपाल्चोकमा विहान ११ः०० देखि हुने भएकोछ ।

पौष १५ गते सम्म कायम सेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन सक्नेछन् । कम्पनीको बुक क्लोज पौष १६ गते रहेको थियो ।

प्रस्तावहरु

संचालक समितिले प्रस्ताब गरे बमोजिम आर्थिक बर्ष २०७५-७६ को मुनाफाबाट चुक्तापुँजीको २.५% बोनस सेयर ०.१२३% नगद लाभांश प्रस्ताव पारित गर्ने ।

बोनस सेयर जारी पश्चात कायम चुक्तापुँजीमा १ः१ हकप्रद सेयर जारी गर्ने ।

अन्य उपयुक्त बैंक तथा वित्तिय सस्थासँग गाभ्ने वा गाभिने का लागि उपयुक्त संस्था पहिचान गर्ने, उपयुक्त देखिए मा सो सम्बन्धी समझदारी पत्र हस्ताक्षर गर्ने, स्वीकृतिको लाग राष्ट्र बैंकमा आबेदन दिने, सम्पत्ति तथा दायित्व मुल्याङ्कन गर्ने, सोको लागि लेखापरिक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतको सम्पुर्ण कार्यको गर्न गराउन संचालक समितिलाई अख्तियारी दिने ।

बोनस जारी पश्चात कम्पनीको चुक्तापुँजी ६ कारोड १५ लाख पुग्नेछ ।

Visa Travels