agricultural development bank

कृषि विकास बैंकले २ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । ऋणपत्र निष्काशन २०७६ माग १४ गते देखि खुल्ला रहनेछ । ऋणपत्र निष्काशन बन्द छिटोमो २०७६ माग १७ गते र ढिलोमा २०७६ फागुन १४ गते हुनेछ ।

यस ७ वर्ष अवधिको ऋणपत्रमा वार्षिक १०.३५% व्याज पाउनेछ भने व्याज भुक्तानी अर्धवार्षिक रुपमा गर्नेछ ।

कुल २५ लाख कित्ता ऋणपत्र मध्य १५ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गर्ने छ भने १० लाख कित्ता सर्वसाधारण नेपालीकोे लागि निष्काशन गर्ने भएको छ ।

इच्छुक आवेदकले प्रति कित्ता रु १००० का दरले न्युनत्तम २५ कित्ता र अधिकत्तम २,५०,००० कित्ता सम्म दरखास्त दिन सक्नेछन् ।

एनआईबिएल एस क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ ।  आश्वा सदस्यता लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था मार्फत ऋणपत्रमा आवेदन दिन सकिनेछ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरुलाई चुक्तापूँजीको २५% सम्म ऋणपत्र अनिवार्य जारी गर्नुपर्ने व्यवस्था थियो । त्यस पश्चात सबैजसो वाणिज्य बैंकहरु ऋणपत्र निष्काशन गर्ने प्रक्रियामा जुटेका छन्।

Visa Travels