चौतारी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ । तुलनाको अवधिमा खुद नाफा १५२.३०% ले वृद्धि भएको छ ।
लघुवित्तले यस त्रैमासमा २ करोड ६५ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १ करोड ०५ लाख कमाएको थियो ।
कर्जा सापटी ९७ करोड १५ लाख र निक्षेप संकलन ५९ करोड ५१ लाख गरेर कर्जा विस्तार १ अर्ब ७१ करोड गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५७ करोड ९० करोड कर्जा सापटी र ३२ कारोड २४ लाख निक्षेप संकलन गरेर १ अर्ब ०८ करोड कर्जा विस्तार गरेको थियो ।
लघुवित्तको खुद व्याज आम्दानी ७ करोड १५ लाख रहेको छ भने गत आर्थिक वर्ष सोही अवधिमा ३ करोड ८२ लाख रहेको थियो ।
लघुवित्तको सञ्चालन मुनाफा ४ करोड १६ लाख रहेको छ भने गत आर्थिक वर्षमा १ करोड ६५ लाख रहेको थियो ।
हाल कम्पनीको चुक्तापुँजी १९ करोड ९० लाख रहेको छ भने जगेडा कोषमा ५ करोड ६५ लाख रहेको छ ।
निष्कृय कर्जा अनुपात ०.६०% रहेको छ भने गत आर्थिक वर्षमा ०.६८% रहेको थियो । लघुवित्तको प्रति सेयर आम्दानी रु २६.६६, नेटवर्थ रु १२८.४१ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात १६.२७ गुणा रहेको छ ।