citizen bank international

सिटिजन्स बैंकले आर्थिक वर्ष २०७६–७७ को दाश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा १०.७३% ले गिरावट भएको छ ।

बैंकले यस त्रैमासमा ६८ करोड ७७ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ७७ करोड ०३ लाख कमाएको थियो ।

कम्पनीको हाल सम्मको वितरण योग्य नाफा ६२ करोड १० लाख रहेको छ ।

निक्षेप संकलन ७५ अर्ब ५९ करोड गरेर कर्जा विस्तार ६९ अर्ब ०९ करोड गरेको छ । गत आर्थक वर्षको सोही अवधिमा ७० अर्व ५० करोड निक्षेप संकलन गरेर ६२ अर्ब ९१ करोड कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी १ अर्ब ४३ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ४९ करोड रहेको थियो ।

त्यसैगरी सञ्चालन मुनाफा ९६ करोड ५९ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ०८ करोड रहेको थियो ।

बैंकको नाफा घट्नुको प्रमुख कारण व्याज आम्दानीमा गिरावट, सञ्चालन खर्च वृद्धि हुनु हो ।

हाल कम्पनीको चुक्तापुँजी ८ अर्ब ६२ करोड रहेको छ भने जगेडा कोषमा २ अर्ब ८८ करोड रहेको छ । कम्पनीको संचित नाफा ६६ करोड ३४ लाख रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात ०.९९%, कोषको लागत ७.९४%, कर्जा निक्षेप अनुपात ७७.५८% रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु १५.९५, नेटवर्थ रु १४१.१३ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात १२.४१ गुणा रेहेको छ ।

Visa Travels