सिभिल लघुवित्त वित्तीय संस्थाले पुँजी वृद्धि गर्न हकप्रद सेयर जारी गर्ने भएको छ । लघुवित्तले १००% हकप्रद सेयर बिक्रि गर्न अनुमति माग गर्दै नेपाल घितोपत्र बोर्डमा आवेदन दिएको छ ।
कम्पनीले १ः१ आर्थत् १,१४१,१४० कित्ता हकप्रद सेयर रु १०० का दरले विक्री गर्नेछ । हकप्रद अगि कम्पनीले आर्थिक वर्ष २०७५–७६ को मुनाफाबाट चुक्तापुँजीको ५% बोनस सेयर प्रस्ताव गरेको थियो ।
विक्री प्रबन्धकको रुपमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्ती गरेछ ।
हाल यस कम्पनीको चुक्तापुँजी ११ करोड ४१ लाख रहेको छ ।