डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा आह्वान गरेको छ ।
साभारणसभा प्रयोजनको लागि बैंकको सेयर दाखिला खारेज (बुक क्लोज) २०७५ माग १३ देखि माग २६ गते सम्म रहनेछ । माग १२ गते सम्म सम्म कायम सेयरधनीहरुले मात्र एजीएममा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्ने पाउनेछ ।
लघुवित्तको साधारणसभा २०७६ माग २६ गते भरतपुर गार्डेन रिसोर्ट, भरतपुर चितवनमा विहान ११ः०० देखि सुरु हुनेछ ।
प्रस्ताबहरु
साधारणसभाले संचालक समितिले प्रस्ताव गरेको ३० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश पारित गर्ने ।
अधिकृत पुँजी २ अर्ब काय गर्ने, संस्थाको रजिष्टर्ड कार्यालय रहेको ठेगाना संशोधन गर्ने ।
यस संस्था अन्य वित्तिय सस्थासँग गाभ्ने वा गाभिने का लागि उपयुक्त संस्था पहिचान गर्ने, उपयुक्त देखिए मा सो सम्बन्धी समझदारी पत्र हस्ताक्षर गर्ने, स्वीकृतिको लाग राष्ट्र बैंकमा आबेदन दिने, सम्पत्ति तथा दायित्व मुल्याङ्कन गर्ने, सोको लागि लेखापरिक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतको सम्पुर्ण कार्यको गर्न गराउन संचालक समितिलाई अख्तियारी दिने ।
संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७५–७६ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने ।
आर्थिक बर्ष २०७६–७७को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रकिम निर्धारण गर्ने ।
बोनस जारी पश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब ०५ करोड पुग्ने छ ।