फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६–७७ को दाश्रो त्रैमासिक रिपोर्ट सार्वजानिक गरेको छ । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा १८.८६% ले वृद्धि भएको छ ।
लघुवित्तले यस त्रैमासमा ६ करोड ६९ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ५ करोड ६३ लाख कमाएको थियो ।
कर्जा सापटी ५ अर्ब ५४ करोड गरेर कर्जा विस्तार ५ अर्ब ८४ करोड गरेको छ । गत आर्थक वर्षको सोही अवधिमा ४ अर्व ५४ करोड सापटी लिएर ४ अर्ब ६८ करोड कर्जा विस्तार गरेको थियो ।
लघुवित्तको खुद व्याज आम्दानी १० करोड ५८ लाख रहेको छ भने गत आर्थिक वर्ष सोही अवधिमा ९ करोड १२ लाख रहेको थियो ।
लघुवित्तको सञ्चालन मुनाफा १० करोड ६० लाख रहेको छ भने गत आर्थिक वर्षमा ८ करोड ८४ लाख रहेको थियो ।
हाल कम्पनीको चुक्तापुँजी ८० करोड ७ लाख रहेको छ भने जगेडा कोषमा १७ करोड ४२ लाख रहेको छ ।
लघुवित्तको प्रति सेयर आम्दानी रु १६.७२, नेटवर्थ रु १२१.७७ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात २४.८२ गुणा रेहेको छ ।