हिमालयन बैंक लिमिटेडले वार्षिक साधारणसभा डाकेको छ । बैंकले सभाको लागि बुक क्लोज मिति पनि तय गरको छ ।
बैंकको २७ औं वार्षिक साधारणसभा २०७६ माग २९ गते त्रिभुवन अपिसर्स क्लव, भद्रकाली, काठमाडौंमा विहान ११ः०० देखि हुने भएकोछ ।
कम्पनीको बुक क्लोज २०७६ माग १३ देखि २९ गते सम्म रहेको छ । माग १२ गते सम्म कायम सेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।
प्रस्तावहरु
संचालक समितिले प्रस्ताब गरे बमोजिम आर्थिक बर्ष २०७५-७६ को मुनाफाबाट चुक्तापुँजीको १०% बोनस सेयर र १२% नगद लाभांश प्रस्ताव पारित गर्ने ।
बैंकले २०७५–७६मा संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा आर्थिक सहायता पूदान गर्दा कम्पनी ऐनले निर्धारण गरेको सिमा नाघेको हुँदा बैंकले विभिन्न संघ संस्थाहलाई प्रदान गरेको रकमहरु अनुमोदन गर्ने ।
संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७५–७६ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने ।
आर्थिक बर्ष २०७६–७७ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रकिम निर्धारण गर्ने ।
संस्थापक सेयरधनीहरुको तर्फबाट ५ जना सञ्चालकहरुको निर्वाचन गर्ने ।