financial reports

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ । खुद नाफा १५८.१६% ले वृद्धि भएको छ ।

लघुवित्तले यस त्रैमासमा ३ करोड ३४ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १ करोड २९ लाख कमाएको थियो ।

कर्जा सापटी १ अर्ब १५ करोड र निक्षेप संकलन ६१ करोड ०६ लाख गरेर कर्जा विस्तार १ अर्ब ८१ करोड गरेको छ । गत आर्थक वर्षको सोही अवधिमा ८८ करोड ६४ लाख कर्जा सापटी र ३९ कारोड ४० करोड निक्षेप संकलन गरेर १ अर्ब १८ करोड कर्जा विस्तार गरेको थियो ।

लघुवित्तको खुद व्याज आम्दानी ७ करोड ८१ लाख रहेको छ भने गत आर्थिक वर्ष सोही अवधिमा ३ करोड ९० लाख रहेको थियो ।

लघुवित्तको सञ्चालन मुनाफा ५ करोड ३१ लाख रहेको छ भने गत आर्थिक वर्षमा २ करोड ०३ लाख रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी २२ करोड ८१ लाख रहेको छ भने जगेडा कोषमा ६ करोड ७८ लाख रहेको छ ।

निष्कृय कर्जा अनुपात १.३६% रहेको छ भने गत आर्थिक वर्षमा ०.९०% रहेको थियो । लघुवित्तको प्रति सेयर आम्दानी रु २९.३४, नेटवर्थ रु १२९.७५ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात १९.१५ गुणा रहेको छ ।

Visa Travels