नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा सुचिकृत भएको दुई कम्पनीले नगद लाभांश सेयरधनीहरुको बैंक खातामा पठाएको छ । निम्न दुई कम्पनीले नगद लाभांश सम्बन्धि सेयरधनीहरुको बैंक खातामा रकम जम्मा गर्न सुरु गरेको हो ।
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७५-७६को मुनाफा बाट ८.५ प्रतिशत नगद लाभांश २०७६ पौष २४ सम्म हितग्राहि खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा रकम जम्मा गरेको छ । यस बैंकको शेयर रजिष्ट्रार एनआईवीएल एस क्यापिटल लिमिटेड रहेको छ।
युनाइटेड फाईनान्स लिमिटेडले आर्थिक वर्ष २०७५-७६को मुनाफा बाट ७.५२६३ प्रतिशत नगद लाभांश हितग्राहि खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा २०७६ माग ०५ देखि रकम जम्मा गरेको छ । यस बैंकको शेयर नविल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।
नोटः हाल सम्म पनि सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराएको वा हितग्राही खातामामा बैंक खाता अद्यावधिक नगराएको सेयरधनीहरुले समयमै हितग्राहि खातामा बैंक खाता अद्यावधिक गराई साधारणसभाले पारित गरेको नगद लाभांश प्राप्त गर्ने सक्नेछ ।