dividend to bank account

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सुचिकृत भएको तीन कम्पनीले नगद लाभांश सेधरधनीहरुको बैंक खातामा पठाएको छ । निम्न तीन कम्पनीले नगद लाभांश सम्बन्धि सेयरधनीहरुको बैंक खातामा रकम जम्मा गर्न सुरु गरेको हो ।

एनएमवी बैंक लिमिटेडले आर्थिक वर्ष २०७५-७६को मुनाफा बाट १४ प्रतिशत नगद लाभांश माग २, विहीबार देखि नै हितग्राहि खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा रकम जम्मा गरेको छ । यस बैंकको शेयर रजिष्ट्रार एनएमवी क्यापिट लिमिटेड रहेको छ।

लुम्बिनी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७५-७६को मुनाफा बाट १५ प्रतिशत नगद लाभांश माग १, बुधबार देखि नै हितग्राहि खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा रकम जम्मा गरेको छ । यस बैंकको शेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिट लिमिटेड रहेको छ।

महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले ११.५७९ प्रतिशत नगद लाभांश हितग्राहि खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा २०७६ माग २ गते देखि रकम जम्मा गरेको छ । यस लघुवित्तको शेयर रजिष्ट्रार सनराईज क्यापिटल लिमिटेड रहेको छ।

नोटः हाल सम्म पनि सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराएको वा हितग्राही खातामामा बैंक खाता अद्यावधिक नगराएको सेयरधनीहरुले समयमै हितग्राहि खातामा बैंक खाता अद्यावधिक गराई साधारणसभाले पारित गरेको नगद लाभांश प्राप्त गर्ने सक्नेछ ।

Visa Travels