dividend to bank account

नेप्सेमा सुचिकृत भएको तीन कम्पनीले नगद लाभांश सेधरधनीहरुको बैंक खातामा पठाएको छ । निम्न  तीन कम्पनीले नगद लाभांश सम्बन्धि सेयरधनीहरुको बैंक खातामा रकम जम्मा गरेको हो ।

स्वावलम्बन लघुवित्तले १४ प्रतिशत नगद लाभांश मंसिर ३० गते सम्म हितग्राहि खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा रकम जम्मा गरेको छ । यस लघुवित्तको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

नेशनल माइक्रोफाइनान्स वित्तिय संस्थाले ५ प्रतिशत नगद लाभांश मंसिर १५ गते सम्म हितग्राहि खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा रकम जम्मा गरेको छ । यस लघुवित्तको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

त्यसै गरी कामना सेवा विकास बैंकले ६.८ प्रतिशत नगद लाभांश पुष २१ देखि हितग्राहि खातामा बैंक खाता अद्यावधिक गर्ने सेयरधनीहरुको बैंक खातामा रकम जम्मा गरेको छ । फाइनान्सको शेयर रजिष्ट्रार बि ओ के क्यापिटल मार्केट लिमिटेड रहेको छ।

नोटः हाल सम्म पनि सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराएको वा हितग्राही खातामामा बैंक खाता अद्यावधिक नगराएको सेयरधनीहरुले समयमै हितग्राहि खातामा बैंक खाता अद्यावधिक गराई साधारणसभाले पारित गरेको नगद लाभांश प्राप्त गर्ने सक्नेछ ।

Visa Travels