मेरो माइक्रोफाइनान्स लघुवित्तको खुद नाफा ३२.५५% ले वृद्धि;

financial reports
Visa Travels

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ । तुलनाको अवधिमा खुद नाफा ३२.५५% ले वृद्धि भएको छ ।

लघुवित्तले यस त्रैमासमा ८ करोड १९ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ६ करोड १८ लाख आर्जन गरेको थियो ।

Place your Ads

कर्जा सापटी ३ अर्ब ५७ करोड र निक्षेप संकलन १ अर्ब ४५ करोड गरेर कर्जा विस्तार ५ अर्ब १३ करोड गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ६३ करोड कर्जा सापटी र ९६ कारोड निक्षेप संकलन गरेर ३ अर्ब ९९ करोड कर्जा विस्तार गरेको थियो ।

लघुवित्तको खुद व्याज आम्दानी २४ करोड १९ लाख रहेको छ भने गत आर्थिक वर्ष सोही अवधिमा १५ करोड ०७ लाख रहेको थियो ।

लघुवित्तको सञ्चालन मुनाफा ११ करोड ०७ लाख रहेको छ भने गत आर्थिक वर्षमा ९ करोड ७२ लाख रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी ८५करोड ५१ लाख रहेको छ भने जगेडा कोषमा २६ करोड ८० लाख रहेको छ ।चुक्तापुँजी १६०%ले वृद्धि भएको छ ।

निष्कृय कर्जा अनुपात १.८०% रहेको छ भने गत आर्थिक वर्षमा १.८७% रहेको थियो । लघुवित्तको प्रति सेयर आम्दानी रु १९.१८, नेटवर्थ रु १३१.३५ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ३१.३९ गुणा रहेको छ ।

Visa Travels