मिर्मिरे लघुवित्तको खुद नाफा १२४.१६% ले वृद्धि, प्रति सेयर आम्दानी कति ?

financial reports
Visa Travels

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ । तुलनाको अवधिमा खुद नाफा १२४.१६% ले वृद्धि भएको छ ।

लघुवित्तले यस त्रैमासमा ३ करोड ९८ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १ करोड ७७ लाख आर्जन गरेको थियो ।

ads

कर्जा सापटी १ अर्ब ६५ करोड र निक्षेप संकलन ९२ करोड ३२ लाख गरेर कर्जा विस्तार २ अर्ब ५२ करोड गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ४४ करोड कर्जा सापटी र ९८ कारोड १६ लाख निक्षेप संकलन गरेर २ अर्ब ०८ करोड कर्जा विस्तार गरेको थियो ।

लघुवित्तको खुद व्याज आम्दानी १० करोड ३५ लाख रहेको छ भने गत आर्थिक वर्ष सोही अवधिमा ५ करोड १३ लाख रहेको थियो ।

लघुवित्तको सञ्चालन मुनाफा ५ करोड ४० लाख रहेको छ भने गत आर्थिक वर्षमा २ करोड २० लाख रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी १२ करोड ८७ लाख रहेको छ भने जगेडा कोषमा १३ करोड ३६ लाख रहेको छ ।

निष्कृय कर्जा अनुपात १.४८% रहेको छ भने गत आर्थिक वर्षमा ०.७१% रहेको थियो । लघुवित्तको प्रति सेयर आम्दानी रु ६१.८१ र नेटवर्थ रु २०३.७९ रहेको छ ।

Visa Travels