annual general meeting

नागबेली लघुवित्त वित्तीय संस्थाले साधारणसभाको लागि बुक क्लोज मिति तय गरेको छ ।

सभा प्रयोजनको लागि २०७६ माग १३ गते बुक क्लोज रहनेछ । माग १२ गते सम्म कायम सेयरधनीहरुले मात्र साधारणसभामा प्रतिनिधित्व गर्न सक्नेछन् ।

कम्पनीको १० औं वार्षिक साधारणसभा २०७६ माग २६ गते होटल सिटी पार्टी प्यालेस विर्तामोड, भापामा विहान १०ः३० मा हुनेछ ।

संचालक समितिले प्रस्ताब गरे बमोजिम आर्थिक बर्ष २०७५-७६ को मुनाफाबाट चुक्तापुँजीको २६% बोनस सेयर र १.३६८% नगद लाभांश प्रस्ताव पारित गर्ने

सभाले २६% बोनस सेयर वितरण पछि कायम चुक्तापुँजीको ४ः१ हकप्रद सेयर निश्कासनको प्रस्ताव पारित गर्ने ।

यस बैंक अन्य उपयुक्त बैंक तथा वित्तिय सस्थासँग गाभ्ने वा गाभिनेका लागि उपयुक्त संस्था पहिचान गरी सम्पुर्ण कार्यको गर्न गराउन संचालक समितिलाई अख्तियारी दिने ।

संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७५–७६ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने ।

आर्थिक बर्ष २०७६–७७ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रकिम निर्धारण गर्ने । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।

हाल यस कम्पनीको चुक्तापूँजी १६  करोड ७६ लाख रहेको छ ।

Visa Travels