naya nepal laghubitta

नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ । तुलनाको अवधिमा खुद नाफा ४२५.६०% ले बृद्धि भएको छ ।

लघुवित्तले यस त्रैमासमा १ करोड ३२ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा २५ लाख २३ हजार आर्जन गरेको थियो ।

लघुवित्तले ९१ करोड ४७ लाख कर्जा सापटी र १९ करोड ८१ लाख निक्षेप संकलन गरेर १ अर्ब १२ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३७ करोड ६० लाख कर्जा सापटी र १० करोड ०१ लाख निक्षेप संकलन गरेर ५१ करोड २८ लाख कर्जा विस्तार गरेको थियो ।

लघुवित्तको खुद व्याज आम्दानी २ करोड ९७ लाख रहेको छ भने गत आर्थिक वर्ष सोही अवधिमा १ करोड ४७ लाख रहेको थियो ।

लघुवित्तको सञ्चालन मुनाफा १ करोड ९३ लाख रहेको छ भने गत आर्थिक वर्षमा ६ लाख ४३ हजार रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी १० करोड ०८ लाख रहेको छ भने जगेडा कोषमा ३ करोड ४९ लाख रहेको छ ।

लघुवित्तको निष्कृय कर्जा अनुपात १.५१% रहेको छ भने गत बर्ष २.९३% रहेको थियो । कम्पनीको प्रति सेयर आम्दानी रु २६.३२ र नेटवर्थ रु १३४.६६ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात २४.१६ गुणा रहेको छ ।

Visa Travels