नेपाल बैंकको दोश्रो त्रैमासमा खुद नाफा १ अर्ब ३५ करोड; अन्य सूचक हेर्नुहोस

nepal bank
Visa Travels

नेपाल बैंकले आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा १८.६०% ले गिरावट भएको छ ।

बैंकले यस त्रैमासमा १ अर्ब ३५ करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १ अर्ब ६६ करोड आर्जन गरेको थियो ।

Place your Ads

कम्पनीको हाल सम्मको वितरण योग्य नाफा ६८ करोड ३७ लाख रहेको छ ।

निक्षेप संकलन १ खर्ब १७ अर्ब १२ करोड गरेर कर्जा विस्तार ९८ अर्ब ४५ करोड गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब १७ अर्व २० करोड निक्षेप संकलन गरेर ९२ अर्ब ४२ करोड कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी २ अर्ब ७४ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब १६ करोड रहेको थियो ।
त्यसैगरी सञ्चालन मुनाफा १ अर्ब ७३ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ३१ करोड रहेको थियो ।

व्याज खर्चमा भएको बृद्धि संगै बैंक मुख्य आम्दानी खुद व्याज आम्दानीमा भएको गिरावटले कम्पनीको खुद नाफा घटेको हो ।

हाल कम्पनीको चुक्तापुँजी ९ अर्ब ८१ करोड रहेको छ भने जगेडा कोषमा १३ अर्ब ५२ करोड रहेको छ । कम्पनीको संचित नाफा २ अर्ब ५९ करोड, सेयर प्रिमियम ३ अर्ब २६ करोड रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात २.६६% छ भने गत बर्ष २.७४ % रहेको थियो । कोषको लागत ५.१९% र कर्जा निक्षेप अनुपात ७४.९३% रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु २७.५७, नेटवर्थ रु २९७.५५ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात १०.०५ गुणा रेहेको छ ।

Visa Travels