हिमालयन बैंक सहित तीन कम्पनीको सेयर मुल्य समायोजन

price adjustment
Visa Travels

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले तीन कम्पनीको सेयर मुल्य बोनस सेयर वितरण प्रयोजनको लागि समायोजन गरेको छ ।

नेप्सेको अनुसार निम्न कम्पनीहरुको सेयर मुल्य समायोजन गरेको हो ।

Place your Ads

हिमालयन बैंकको सेयर मुल्य समायोजन पछि रु ५१३.६४ कायम भएको छ । सेयर मुल्य १०% बोनस सेयरको लागि समायोजन गरेको हो ।

बैंक २७ औं वार्षिक साधारणसभा २०७६ माग २९ गते त्रिभुवन अपिसर्स क्लव, भद्रकाली, काठमाडौंमा विहान ११ः०० देखि हुने भएकोछ ।

सभाले संचालक समितिले प्रस्ताब गरे बमोजिम आर्थिक बर्ष २०७५-७६ को मुनाफाबाट चुक्तापुँजीको १०% बोनस सेयर र १२% नगद लाभांश प्रस्ताव पारित गर्ने ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको सेयर मुल्य समायोजन पछि रु ७९३.८५ कायम भएको छ । सेयर मुल्य ३०% बोनस सेयरको लागि समायोजन गरेको हो ।

लघुवित्तको साधारणसभा २०७६ माग २६ गते भरतपुर गार्डेन रिसोर्ट, भरतपुर चितवनमा विहान ११ः०० देखि सुरु हुनेछ ।

साधारणसभाले संचालक समितिले प्रस्ताव गरेको ३० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश पारित गर्ने छ ।

नागबेली लघुवित्त वित्तीय संस्थाको सेयर मुल्य समायोजन पछि रु ४६६.६७ कायम भएको छ । सेयर मुल्य २६% बोनस सेयरको लागि समायोजन गरेको हो ।

लघुवित्तको १० औं वार्षिक साधारणसभा २०७६ माग २६ गते होटल सिटी पार्टी प्यालेस विर्तामोड, भापामा विहान १०ः३० मा हुनेछ ।

संचालक समितिले प्रस्ताब गरे बमोजिम आर्थिक बर्ष २०७५-७६ को मुनाफाबाट चुक्तापुँजीको २६% बोनस सेयर र १.३६८%नगद लाभांश प्रस्ताव पारित गर्नेछ; सभाले २६ बोनस सेयर वितरण पछि कायम चुक्तापुँजीको ४ः१ हकप्रद सेयर निष्काशनको प्रस्ताव पारित गर्ने छ ।

Visa Travels