आरम्भ लघुवित्तको खुद नाफा २७१% ले वृद्धि, प्रति सेयर आम्दानी कति ?

financial reports
Visa Travels

आरम्भ लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ । तुलनाको अवधिमा खुद नाफा २७१.५६% ले वृद्धि भएको छ ।

लघुवित्तले यस त्रैमासमा ८१ लाख ९३ हजार खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा २२ लाख ०५ हजार आर्जन गरेको थियो ।

Place your Ads

कर्जा सापटी ४२ करोड ४५ लाख र निक्षेप संकलन १८ करोड ३९ लाख गरेर कर्जा विस्तार ६१ करोड ६० लाख गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २६ करोड ८१ लाख कर्जा सापटी र १३ कारोड १० लाख निक्षेप संकलन गरेर ४० करोड ८४ लाख कर्जा विस्तार गरेको थियो ।

लघुवित्तको खुद व्याज आम्दानी ३ करोड ३९ लाख रहेको छ भने गत आर्थिक वर्ष सोही अवधिमा १ करोड ४६ लाख रहेको थियो ।

लघुवित्तको सञ्चालन मुनाफा १ करोड २८ लाख रहेको छ भने गत आर्थिक वर्षमा ३४ लाख ६५ हजार रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी ६ करोड ४४ लाख रहेको छ भने जगेडा कोषमा १ करोड ७३ लाख रहेको छ ।

निष्कृय कर्जा अनुपात १.२४% रहेको छ भने गत आर्थिक वर्षमा २.७३% रहेको थियो । लघुवित्तको प्रति सेयर आम्दानी रु २५.७३ र नेटवर्थ रु १२६.९४ रहेको छ । त्यसै गरी मुल्य आम्दानी अनुपात २०.७९% रहेको छ ।

Visa Travels