कामना सेवा विकास बैंकको खुद नाफा वृद्धि; सबै सूचकमा सुधार

kamana sewa bikas bank
Visa Travels

कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ । तुलनाको अवधिमा खुद नाफा ७.५% ले वृद्धि भएको छ ।

बैंकले यस त्रैमाससम्म १४ करोड ८५ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १३ करोड ८१ लाख कमाएको थियो ।

Place your Ads

हाल सम्म कम्पनीको विवतरण योग्य मुनाफा ६ कारोड ६८ लाख रहेको छ ।

यस अवधिमा निक्षेप संकलन २७ अर्ब ४३ करोड गरेर कर्जा विस्तार २३ अर्ब ४३ करोड गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २१ अर्ब ३७ करोड निक्षेप संकलन गरेर १८ अर्ब ९० करोड कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी ५७ करोड ४१ लाख रहेको छ भने गत आर्थिक वर्ष सोही अवधिमा ३७ करोड ९८ लाख रहेको थियो । व्याज आम्दानी ५१%ले बढेको छ ।

त्यसैगरी सञ्चालन मुनाफा २१ करोड ११ लाख रहेको छ भने गत आर्थिक वर्षमा १९ करोड ६८ लाख रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी २ अर्ब २४ करोड रहेको छ भने जगेडा कोषमा ५९ करोड ०६ लाख रहेको छ । संचित मुनाफा ९ करोड ५२ लाख रहेको छ ।

निष्कृय कर्जा अनुपात १.३७% रहेको छ भने गत आर्थिक वर्षमा १.६७% रहेको थियो । कर्जा निक्षेप अनुपात ७८.५३% र कोषको लाग ८.६३५ रहेको छ ।

बैंकको प्रति सेयर आम्दानी रु ११.६९, नेटवर्थ रु १२७ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात १२.३१ गुणा रहेको छ ।

Visa Travels