किसान माइक्रोफाईनान्स नाफा किन घट्यो ? खुद नाफा ७४ लाख मात्र

kisan microfinance
Visa Travels

किसान माइक्रोफाईनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ । तुलनाको अवधिमा खुद नाफा २६.४०% ले घटेको छ ।

लघुवित्तले यस त्रैमासमा ७४ लाख ४१ हजार खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १ करोड ०१ लाख आर्जन गरेको थियो ।

Place your Ads

कर्जा सापटी ९६ करोड ८० लाख र निक्षेप संकलन ४२ करोड ४१ लाख गरेर कर्जा विस्तार १ अर्ब ४५ करोड गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ०२ करोड कर्जा सापटी र ३१ कारोड ६३ लाख निक्षेप संकलन गरेर १ अर्ब ३२ करोड कर्जा विस्तार गरेको थियो ।

लघुवित्तको खुद व्याज आम्दानी ४ करोड ६६ लाख रहेको छ भने गत आर्थिक वर्ष सोही अवधिमा ३ करोड ६९ लाख रहेको थियो ।

लघुवित्तको सञ्चालन मुनाफा घटेर ५१ लाख ०१ हजार रहेको छ भने गत आर्थिक वर्षमा १ करोड ५२ लाख रहेको थियो ।खराब कर्जा वृद्धि भएर १ करोड १२ लाख प्रोभिजन गर्दा कम्पनीको मुनाफा घटेको हो ।

हाल कम्पनीको चुक्तापुँजी १० करोड ६६ लाख रहेको छ भने जगेडा कोषमा २ करोड ०२ लाख रहेको छ ।

निष्कृय कर्जा अनुपात ४.६०% रहेको छ भने गत आर्थिक वर्षमा २.७६% रहेको थियो । लघुवित्तको प्रति सेयर आम्दानी रु ६.९८ र नेटवर्थ रु १६०.८१ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ११८.९१ गुणा रहेको छ ।

Visa Travels