लक्ष्मी बैंकको खुद नाफा २४.७६% ले बृद्धि, प्रति सेयर आम्दानी कति ?

laxmi bank
Visa Travels

लक्ष्मी बैंकले आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा २४.७६% ले बृद्धि भएको छ ।

बैंकले यस त्रैमासमा ९० करोड ३० लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ७२ करोड ३७ लाख कमाएको थियो ।

Place your Ads

कम्पनीको हाल सम्मको वितरण योग्य नाफा ५९ करोड १८ लाख रहेको छ ।

निक्षेप संकलन ८८ अर्ब २३ करोड गरेर कर्जा विस्तार ८५ अर्ब ०५ करोड गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ८० अर्व ३२ करोड निक्षेप संकलन गरेर ७४ अर्ब ६१ करोड कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी १ अर्ब ७४ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ४५ करोड रहेको थियो ।

त्यसैगरी सञ्चालन मुनाफा १ अर्ब २९ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ०७ करोड रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी ९ अर्ब ८१ करोड रहेको छ भने जगेडा कोषमा २ अर्ब ३० करोड रहेको छ । कम्पनीको संचित नाफा ०१ अर्ब ०१ करोड रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात ०.८८% छ भने गत बर्ष १.११% रहेको थियो । कोषको लागत ७.२१५, कर्जा र निक्षेप अनुपात ७८.३५% रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु १८.८१, नेटवर्थ रु १३३.९० रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ११.१९ गुणा रेहेको छ ।

Visa Travels