समता लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ । तुलनाकोअवधिमा खुद नाफा २५७.८४% ले वृद्धि भएको छ ।
लघुवित्तले यस त्रैमासमा २ करोड ५८ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ७२ लाख १७ हजार कमाएको थियो ।
कर्जा सापटी ८४ करोड २२ लाख र निक्षेप संकलन ६० करोड २३ लाख गरेर कर्जा विस्तार १ अर्ब ८२ करोड गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५८ करोड ४१ करोड कर्जा सापटी र ३६ कारोड ७१ लाख निक्षेप संकलन गरेर १ अर्ब ०२ करोड कर्जा विस्तार गरेको थियो ।
लघुवित्तको खुद व्याज आम्दानी ५ करोड ४८ लाख रहेको छ भने गत आर्थिक वर्ष सोही अवधिमा २ करोड ८३ लाख रहेको थियो ।
लघुवित्तको सञ्चालन मुनाफा १ करोड ४६ लाख रहेको छ भने गत आर्थिक वर्षमा १ करोड रहेको थियो । कम्पनीले यस अवधिमा २ करोड ५९ लाख राईज ब्याक गरेको छ ।
हाल कम्पनीको चुक्तापुँजी १९ करोड ११ लाख रहेको छ भने जगेडा कोषमा ९ करोड १५ लाख रहेको छ । चुक्तपुँजी २३६%ले बृद्धि भएको छ ।
निष्कृय कर्जा अनुपात २.२२% रहेको छ भने गत आर्थिक वर्षमा १.७९% रहेको थियो । लघुवित्तको प्रति सेयर आम्दानी रु २७.०३, नेटवर्थ रु १४७.८८ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात २५.०५ गुणा रहेको छ ।