sanima bank

सानिमा बैंकले आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा १६.८४% ले बृद्धि भएको छ ।

बैंकले यस त्रैमासमा १ अर्ब १४ करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ९८ करोड २० लाख कमाएको थियो ।

कम्पनीको हाल सम्मको वितरण योग्य नाफा ९५ करोड ०२ लाख रहेको छ ।

निक्षेप संकलन ९९ अर्ब ३० करोड गरेर कर्जा विस्तार ८९ अर्ब ३७ करोड गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ८८ अर्व ७१ करोड निक्षेप संकलन गरेर ८१ अर्ब ४१ करोड कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी २ अर्ब १६ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ९० करोड रहेको थियो ।

त्यसैगरी सञ्चालन मुनाफा १ अर्ब ६२ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ३९ करोड रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी ८ अर्ब ८० करोड रहेको छ भने जगेडा कोषमा २ अर्ब ४२ करोड रहेको छ । कम्पनीको संचित नाफा १ अर्ब ०१ करोड रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात ०.४१%, कोषको लागत ७.३३%, कर्जा निक्षेप अनुपात ७८.०५% रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु २६.१५, नेटवर्थ रु १३९.०६ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात १३.१२ गुणा रेहेको छ ।

Visa Travels