सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा ४.०१% ले गिरावट भएको छ ।
बैंकले यस त्रैमासमा १ अर्ब ०२ करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १ अर्ब ६९ करोड कमाएको थियो ।
कम्पनीको हाल सम्मको वितरण योग्य नाफा ५७ करोड ४९ लाख रहेको छ ।
निक्षेप संकलन १ खर्ब २६ अर्ब गरेर कर्जा विस्तार १ खर्ब १८ अर्ब गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब १४ अर्व निक्षेप संकलन गरेर १ खर्ब ०४ अर्ब कर्जा विस्तार गरेको थियो ।
बैंकको खुद व्याज आम्दानी २ अर्ब ७७ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब २८ करोड रहेको थियो ।
त्यसैगरी सञ्चालन मुनाफा १ अर्ब ५२ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५२ करोड रहेको थियो ।
हाल कम्पनीको चुक्तापुँजी ९ अर्ब ७८ करोड रहेको छ भने जगेडा कोषमा ३ अर्ब ८५ करोड रहेको छ । कम्पनीको संचित नाफा १ अर्ब १० करोड रहेको छ ।
बैंकको निष्कृय कर्जा अनुपात १.५५%, कोषको लागत ७.२७%, कर्जा निक्षेप अनुपात ७८.४१% रहेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी रु २१.५७, नेटवर्थ रु १५०.५२ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात १४.६५ गुणा रेहेको छ ।