financial reports

स्पर्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ । खुद नाफा २१०६.६०% ले वृद्धि भएको छ ।

लघुवित्तले यस त्रैमासमा १ करोड ३७ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ६ लाख २१ हजार कमाएको थियो ।

कर्जा सापटी ७२ करोड १५ लाख र निक्षेप संकलन २१ करोड ४० लाख गरेर कर्जा विस्तार ९८ करोड ६८ लाख गरेको छ । गत आर्थक वर्षको सोही अवधिमा ४७ करोड १८ लाख कर्जा सापटी र १० कारोड २८ करोड निक्षेप संकलन गरेर ५२ करोड २६ लाख कर्जा विस्तार गरेको थियो ।

लघुवित्तको खुद व्याज आम्दानी ३ करोड ३५ लाख रहेको छ भने गत आर्थिक वर्ष सोही अवधिमा १ करोड २२ लाख रहेको थियो ।

लघुवित्तको सञ्चालन मुनाफा १ करोड ६३ लाख रहेको छ भने गत आर्थिक वर्षमा ८ लाख रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी ९ करोड ३७ लाख रहेको छ भने जगेडा कोषमा २ करोड २१ लाख रहेको छ ।

निष्कृय कर्जा अनुपात ०.९५% रहेको छ भने गत आर्थिक वर्षमा ०.५१% रहेको थियो । लघुवित्तको प्रति सेयर आम्दानी रु २९.२३, नेटवर्थ रु १२३.५८ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात २३.८८ गुणा रहेको छ ।

Visa Travels