एन आई सी एशिया बैंकले आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा ३३% ले वृद्धि भएको छ ।
बैंकले यस त्रैमासमा २ अर्ब ०१ करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १ अर्ब ७१ करोड खुद नाफा आर्जन गरेको थियो । कम्पनीको हाल सम्मको वितरण योग्य नाफा १ अर्ब ०७ करोड रहेको छ ।
बैंकले १ खर्व ७८ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ५१ अर्ब कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ७१ अर्व निक्षेप संकलन गरेर १ खबए ४२ अर्ब कर्जा विस्तार गरेको थियो ।
बैंकको खुद व्याज आम्दानी ३ अर्ब ६५ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ६१ करोड रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा २ अर्ब ९० करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब १४ करोड रहेको थियो ।
हाल कम्पनीको चुक्तापुँजी ९ अर्ब ७२ करोड रहेको छ भने जगेडा कोषमा ४ अर्ब ९८ करोड रहेको छ । कम्पनीको संचित नाफा १ अर्ब ३३ करोड रहेको छ ।
यस बैंकको निष्कृति कर्जा अनुपात ०.४६ रहेको छ । कम्पनीको प्रति सेयर आम्दानी रु ४१.६१, नेटवर्थ रु १६४.८७ रहेको छ ।