RMDC Laghubitta

आरएमडिसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ । तुलनाको अवधिमा खुद नाफा सामान्य घटेको छ ।

लघुवित्तले यस त्रैमासमा १४ करोड ६१ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १४ करोड ६८ लाख आर्जन गरेको थियो ।

कर्जा सापटी ७ अर्ब २१ करोड गरेर कर्जा विस्तार ७ अर्ब ८५ करोड गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब १८ करोड कर्जा सापटी गरेर ७ अर्ब ४३ करोड कर्जा विस्तार गरेको थियो ।
लघुवित्तको खुद व्याज आम्दानी २३ करोड ३३ लाख रहेको छ भने गत आर्थिक वर्ष सोही अवधिमा २३ करोड ३७ लाख रहेको थियो ।

लघुवित्तको सञ्चालन मुनाफा घटेर २२ लाख ८३ हजार रहेको छ भने गत आर्थिक वर्षमा २३ करोड ११ लाख रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी ८९ करोड ९३ लाख रहेको छ भने जगेडा कोषमा १ अर्ब ५५ करोड रहेको छ ।

लघुवित्तको प्रति सेयर आम्दानी रु ३२.५१ र नेटवर्थ रु २७३.३४ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात १९.३८ गुणा रहेको छ ।

Visa Travels