नविल बैंक र आईसीएफसी फाईनान्सले ऋणपत्र निष्काशन गर्न अनुमती पायो

debenture
Visa Travels

नविल बैंक र आईसीएफसी फाईनान्सले ऋणपत्र निष्काशन गर्न अनुमती पाएका छन् । यी दुवै कम्पनीले नेपाल धितोपत्र बोर्डले २०७६ माग ०६ गते ऋणपत्र जारी गर्न अनुमती दिएको हो ।

नविल बैंकले २० लाख कित्ता ऋणपत्र रु १००० का दरले जारी गर्नेछ । यस ६ वर्ष अवधिको ऋणपत्रमा वार्षिक १०% व्याज पाउनेछ भने व्याज भुक्तानी अर्धवार्षिक रुपमा गर्नेछ ।

ads

लक्ष्मी क्यापिटल मार्केट लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ ।

त्यसै गरी आईसीएफसी फाईनान्सले पनि २ लाख कित्ता ऋणपत्र रु १००० का दरले जारी गर्न अनुमति पाएको छ । ऋणपत्र निष्काशन गर्ने पहिलो फाईनान्स कम्पनी भएको छ ।

यस ७ वर्ष अवधिको ऋणपत्रमा वार्षिक १२% व्याज पाउनेछ भने व्याज भुक्तानी अर्धवार्षिक रुपमा गर्नेछ ।
ग्लोबल आईएमइ क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ ।

दुवै कम्पनीको कुल निष्काशन मध्ये ४०% सर्वसाधारण लाई जारी गर्ने छ भने ६०% व्यक्तिगत तवरबाट विक्री गर्नेछन् ।

Visa Travels