Dividend

आईतबार दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । २०७६ माग १२ गते सम्म कायम सेयरधनीहरुले मात्र साधारणसभामा प्रतिनिधित्व गर्न र लाभांश दाबी गर्न सक्नेछन् । २०७६ माग १३ हिमालयन हिमालयन बैंक र नागबेली लघुवित्त बुक क्लोज रहेको छ ।

हिमालयन बैंक २७ औं वार्षिक साधारणसभा २०७६ माग २९ गते त्रिभुवन अपिसर्स क्लव, भद्रकाली, काठमाडौंमा विहान ११ः०० देखि हुने भएकोछ ।

सभाले संचालक समितिले प्रस्ताब गरे बमोजिम आर्थिक बर्ष २०७५-७६ को मुनाफाबाट चुक्तापुँजीको १०% बोनस सेयर र १२% नगद लाभांश प्रस्ताव पारित गर्ने ।

बैंकले २०७५–७६मा संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा आर्थिक सहायता पूदान गर्दा कम्पनी ऐनले निर्धारण गरेको सिमा नाघेको हुँदा बैंकले विभिन्न संघ संस्थाहलाई प्रदान गरेको रकमहरु अनुमोदन गर्ने ।

संस्थापक सेयरधनीहरुको तर्फबाट ५ जना सञ्चालकहरुको निर्वाचन गर्ने ।

नागबेली लघुवित्त वित्तीय संस्थाको १० औं वार्षिक साधारणसभा २०७६ माग २६ गते होटल सिटी पार्टी प्यालेस विर्तामोड, भापामा विहान १०ः३० मा हुनेछ ।

संचालक समितिले प्रस्ताब गरे बमोजिम आर्थिक बर्ष २०७५-७६ को मुनाफाबाट चुक्तापुँजीको २६% बोनस सेयर र १।३६८% नगद लाभांश प्रस्ताव पारित गर्ने

सभाले २६५ बोनस सेयर वितरण पछि कायम चुक्तापुँजीको ४ः१ हकप्रद सेयर निष्काशनको प्रस्ताव पारित गर्ने ।

यस बैंक अन्य उपयुक्त बैंक तथा वित्तिय सस्थासँग गाभ्ने वा गाभिनेका लागि उपयुक्त संस्था पहिचान गरी सम्पुर्ण कार्यको गर्न गराउन संचालक समितिलाई अख्तियारी दिने ।

हाल यस कम्पनीको चुक्तापूँजी १६ करोड ७६ लाख रहेको छ ।

Visa Travels