स्वदेशी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ । तुलनाको अवधिमा खुद नाफा ८२.४७% ले वृद्धि भएको छ ।
लघुवित्तले यस त्रैमासमा ४ करोड ८२ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा २ करोड ६४ लाख आर्जन गरेको थियो ।
कर्जा सापटी २ अर्ब ६० करोड र निक्षेप संकलन १ अर्ब १९ करोड गरेर कर्जा विस्तार ३ अर्ब ७७ करोड गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ८४ करोड कर्जा सापटी र ८० कारोड ९४ लाख निक्षेप संकलन गरेर २ अर्ब ७२ करोड कर्जा विस्तार गरेको थियो ।
लघुवित्तको खुद व्याज आम्दानी १५ करोड ४८ लाख रहेको छ भने गत आर्थिक वर्ष सोही अवधिमा १० करोड १४ लाख रहेको थियो ।
लघुवित्तको सञ्चालन मुनाफा ७ करोड ५८ लाख रहेको छ भने गत आर्थिक वर्षमा ४ करोड २१ लाख रहेको थियो ।
हाल कम्पनीको चुक्तापुँजी २७ करोड ६० लाख रहेको छ भने जगेडा कोषमा १४ करोड ७९ लाख रहेको छ ।
निष्कृय कर्जा अनुपात १.८२% रहेको छ भने गत आर्थिक वर्षमा १.८७% रहेको थियो । लघुवित्तको प्रति सेयर आम्दानी रु ३४.९८ र नेटवर्थ रु १५३.६३ रहेको छ ।त्यसैगरी मुल्य आम्दानी अनुपात २१.१० रहेको छ ।