नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत भएको दुई कम्पनीले नगद लाभांश सेयरधनीहरुको बैंक खातामा पठाएको छ ।
कञ्चन डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७५-७६ को मुनाफा बाट ६ प्रतिशत नगद लाभांश २०७६ माग ०३ गते सम्म हितग्राहि खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा रकम जम्मा गरिएको छ । यस पश्चात अद्यावधिक गर्ने सेयरधनीहरुको बैंक खातामै पठाउने भएकोछ । यस बैंकको शेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।
कैलाश विकास बैंकले आर्थिक वर्ष २०७५-७६ को मुनाफा बाट २.७७ प्रतिशत नगद लाभांश २०७६ पौष २९ गते सम्म हितग्राहि खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा देखि रकम जम्मा जम्मा गरिएको छ । यस पश्चात अद्यावधिक गर्ने सेयरधनीहरुको बैंक खातामै पठाउने भएकोछ । यस बैंकको शेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।
नोटः हाल सम्म पनि सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराएको वा हितग्राही खातामामा बैंक खाता अद्यावधिक नगराएको सेयरधनीहरुले समयमै हितग्राहि खातामा बैंक खाता अद्यावधिक गराई साधारणसभाले पारित गरेको नगद लाभांश प्राप्त गर्ने सक्नेछ ।