जापानको अर्को शहरमा पनि सिधा उडान शुरु !!!

Visa Travels

नेपालको ध्वजाबाहक वायु सेवा कम्पनी नेपाल एयारलाईन्सले यही २०२० मार्च २ बाट जापनको प्रमुख शहर नारितामा सिधा उडान सुरु गर्ने भएको छ । सातामा ३ दिन सोमवार्, बुधवार र शुक्रवार काठमाडौंबाट राती १:२५ मा उडान गर्ने तलिका सहित नेपाल एयारलाईन्सले एकतर्फी भाडा ३५५०० देखी रहने गरी टिकट बिक्री सुरु गरिसकेको छ ।

काठमाडौंबाट जापानको ओसाका सिधा उडान थालेको नेपाल एयारलाईन्सले जापानको नारीता मा पनि सिधा उडान गर्ने भएको छ । भिजिट नेपाल २०२० को अफिसियल एयारलाईन नेपाल एयारलाईन्सले बिजिनेस क्लासमा ५० केजी र इकोनोमी क्लासमा ४६ केजी लगेज दिने जनाएको छ ।

ads
Visa Travels