agricultural development bank

कृषि विकास बैंकले आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा २२.८०% ले बृद्धि भएको छ ।

बैंकले यस त्रैमासमा १ अर्ब ५८ करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १ अर्ब २८ करोड आर्जन गरेको थियो ।

कम्पनीको हाल सम्मको वितरण योग्य नाफा १ अर्ब १४ करोड रहेको छ ।

बैंकले १ खर्ब २७ अर्ब निक्षेप संकलन गरेर १ खर्ब १५ अर्ब कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब १८ अर्व निक्षेप संकलन गरेर १ खर्ब ०८ अर्ब कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी ३ अर्ब १७ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ४९ करोड रहेको थियो ।

त्यसैगरी सञ्चालन मुनाफा १ अर्ब ९८ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ७० करोड रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी ९ अर्ब ५५ करोड र अग्राधिकार सेयर ५ अर्ब ४३ करोड रहेको छ भने जगेडा कोषमा १० अर्ब ४८ करोड रहेको छ । कम्पनीको संचित नाफा ४ अर्ब ४६ करोड रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात ३.९१% छ भने गत बर्ष ४.५०% रहेको थियो । कोषको लागत ७.२०% र कर्जा निक्षेप अनुपात ७२.१२% रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु ३१.४७, मुल्य आम्दानी अनुपात १२.०१ गुणा रेहेको छ ।

Visa Travels