अपि पावर कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । इन्स्योरेन्सको वार्षिक साधारणभा २०७६ चैत्र ७ गते, कार्की बैंक्वेट, माईतिघर काठमाडौंमा विहान ११ः०० बजे हुने भएको छ ।
सभाले संचालक समितिले प्रस्ताव गरेको ५५ बोनस सेयर पारित गर्ने छ ।
चुक्तपुँजी १ अर्ब १९ करोडको ४६.७६५% हकप्रद जारी गर्न स्वीकृति भएको जानकारी तथा पारित गर्ने ।
५% बोनस सेयर र ४६.७% हकप्रद जारी पश्चात पुन १ः ०.९०९६ अर्थात् १ अर्ब ६५ करोड बराबरको हकप्रद सेयर जारी गर्ने ।
साथै संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७५–७६ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने छ ।
आर्थिक बर्ष २०७६–७७ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रकिम निर्धारण गर्ने छ ।
हाल यस कम्पनीको चुक्तापुँजी १ अर्ब १९ करोड रहेको छ । ५% बोनस सेयर र ४६.७६५% हकप्रद जारी पश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब ८१ करोड पुग्ने छ ।
सभा प्रयोजनको लागि २०७६ चैत्र १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन ३० सम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन पाउनेछन् ।