asian life insurance

एशियन लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ । तुलनाको अवधिमा खुद नाफा ३१९.६७%ले बृद्धि भएको छ ।

यस त्रैमासमा १२ करोड १३ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा २ करोड ८९ लाख कमाएको थियो ।

यस अवधिमा कम्पनीले २ अर्ब २८ करोड खुद वीमाशुल्क आर्जन गरेको छ भने गत आर्थिक बर्षको सोही अवधिमा १ अर्ब ७३ करोड खुद वीमाशुल्क आर्जन गरेको थियो । त्यसैगरी लगनी, कर्जा तथा अन्यबाट ७१ कारोड २४ लाख र वीमालेख धितो कर्जाबाट ४ करोड ८४ लाख आर्जन गरेको छ ।

यस अवधिमा कम्पनीले २९ करोड ६३ लाख खुद दावी भुक्तानी गरेको छ । अभिकर्ता कमिशन वापत २५ करोड ९५ लाख र व्यवस्थापन खर्च १७ कोरोड ३६ लाख गरेको छ ।

यस कम्पनीको कुल कायम रहेको वीमालेखको संख्या २ लाख ८३ हजार ३९५ रहेको छ । त्यसैगरी भुक्तानी हुन बाँकी दावी रकम २ करोड ०७ लाख रहको छ भने भुक्तानी हुन बाँकी दावी संख्या ८५ रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी २ अर्ब ०१ करोड रहेको छ भने जगेडा कोषमा ४७ करोड ४४ लाख रहेको छ । कम्पनीको जिवन बीमा कोषमा १९ अर्ब ३१ करोड रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु १२.०७ र नेटवर्थ रु १२६.३४ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ३५.११ गुणा रहेको छ ।

Visa Travels