bank of kathmandu

बैंक अफ काठमाण्डु आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा १८.८३% वृद्धि भएको छ ।

बैंकले यस त्रैमासमा ८८ करोड ३८ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ७३ करोड ७५ लाख आर्जन गरेको थियो ।

कम्पनीको हाल सम्मको वितरण योग्य नाफा  ५९ करोड ८२ लाख रहेको छ ।

बैंकले ८९ अर्ब २० करोड निक्षेप संकलन गरेर ८२ अर्ब ७२ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ७६ अर्व ८९ करोड निक्षेप संकलन गरेर ७० अर्ब ४७ करोड कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी १ अर्ब ९३ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ७६ करोड रहेको थियो ।

त्यसैगरी सञ्चालन मुनाफा १ अर्ब २६ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ०५ करोड रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी ८ अर्ब ५४ करोड रहेको छ भने जगेडा कोषमा ४ अर्ब ५१ करोड रहेको छ । कम्पनीको सेयरधनी कोषमा ६० करोड २४ लाख रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात १.५४% छ भने गत बर्ष २.०८% रहेको थियो । कोषको लागत ७.३६% र कर्जा निक्षेप अनुपात ७६।२३% रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु २०.६८ रहेको छ भने नेटवर्थ १५९.८५ रहेको छ ।

Visa Travels