सेन्ट्रल फाइनान्सले साधारणसभाको लागि बुक क्लोज तोक्यो

annual general meeting
Visa Travels

सेन्ट्रल फाइनान्सले वार्षिक साधारणसभाको लागि बुक क्लोज मिति तोकेको छ ।

फाइनान्सको माग २९ गतेको बैठकले २०७६ माग २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । माग २७ सम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन पाउने छ ।

ads

कम्पनीको २३ औं वार्षिक साधारणसभा २०७६ फागुन १६ गते शुक्रबार हुनेछ ।

सभाले संचालक समितिले प्रस्ताव गरेको ७% नगद लाभांश पारित गर्ने छ ।

साथै संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७५–७६ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने छ ।

आर्थिक बर्ष २०७६–७७ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रकिम निर्धारण गर्ने छ।

हाल यस कम्पनीको चुक्तापुँजी ८२ करोड ३३ लाख रहेको छ ।

Visa Travels