chhimek laghubitta

छिमेक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ । तुलनाको अवधिमा खुद नाफा २२.७५% ले बृद्धि भएको छ ।

लघुवित्तले यस त्रैमासमा ४८ करोड १६ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ३९ करोड २९ लाख आर्जन गरेको थियो ।

लघुवित्तले १७ अर्ब २७ करोड निक्षेप संकलन र ४ अर्ब ८४ करोड कर्जा सापटी गरेर १९ अर्ब ९१ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १३ अर्ब १९ करोड निक्षेप संकलन र ४ अर्ब ६१ करोड कर्जा सापटी गरेर १७ अर्ब ८७ करोड कर्जा विस्तार गरेको थियो ।

लघुवित्तको खुद व्याज आम्दानी ९८ करोड ७६ लाख रहेको छ भने गत आर्थिक वर्ष सोही अवधिमा ८० करोड ७५ लाख रहेको थियो ।

लघुवित्तको सञ्चालन मुनाफा ७४ करोड ५५ लाख रहेको छ भने गत आर्थिक वर्षमा ६० करोड १४ लाख रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ५० करोड  रहेको छ भने जगेडा कोषमा १ अर्ब ५२ करोड रहेको छ ।

लघुवित्तको निष्कृय कर्जा अनुपात ०.३५% रहेको छ भने गत बर्ष ०.२३% रहेको थियो । कम्पनीको प्रति सेयर आम्दानी रु ६४.२२ र नेटवर्थ रु २०१.७१ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात १३.८३ गुणा रहेको छ ।

Visa Travels