चिलिमे हाइड्रोपावर कम्पनीले लिमिटेडले आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ ।
यस त्रैमासमा ३९ करोड ६६ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ४५ करोड ३१ लाख कमाएको थियो । तुलनाको अवधिमा १२.४७% ले घटेको छ ।
यस अवधिमा विद्युत विक्री आय ६१ करोड ८६ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ६२ करोड ४२ लाख रहेको थियो । त्यसैगरी वित्तीय आम्दानी (व्याज आम्दानी) ७ करोड ३५ लाख आर्जन गरको छ ।
कम्पनीको संचालन खर्च २ करोड ८१ लाख रहेको छ भने ह्रस कट्टी ३ करोड १८ लाख रहेको छ । मर्मत संभार खर्च ३ अर्ब ८१ लख रहेको छ भने रोयल्टी वापत ८ करोड ३९ लाख रहेको छ ।
विद्युत विक्री आयमा कमि र खर्चहरु बृद्धि हुँदा नाफ घटेको हो ।
हाल कम्पनीको चुक्तापुँजी ५ अर्ब ७० करोड रहेको छ भने सेयरधनीकोषमा ३ अर्ब ९४ कारोड रहेको छ । कम्पनीको ५ अर्ब ९४ करोड दिर्घकालिन लगानी रहेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी रु १३.८९ र नेटवर्थ रु १६९.०७ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ३०.५९ गुणा रहेको छ ।