सिटिजन लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ ।
यस त्रैमासमा १० करोड ०३ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ७ करोड ०१ लाख कमाएको थियो । तुलनाको अवधिमा खुद नाफा ४२.९८% ले बृद्धि भएको छ ।
यस अवधिमा कम्पनीले ७९ करोड ३६ लाख खुद वीमाशुल्क आर्जन गरेको छ भने गत आर्थिक बर्षको सोही अवधिमा ४० करोड १० लाख खुद वीमाशुल्क आर्जन गरेको थियो । त्यसैगरी लगनी, कर्जा तथा अन्यबाट ६ कारोड ०७ लाख र वीमालेख धितो कर्जाबाट १७ लाख ८६ हजार आर्जन गरेको छ ।
यस अवधिमा कम्पनीले ३ लाख ३५ हजार खुद दावी भुक्तानी गरेको छ । अभिकर्ता कमिशन वापत १४ करोड ८५ लाख र व्यवस्थापन खर्च १७ कोरोड ८७ लाख गरेको छ ।
यस कम्पनीको कुल कायम रहेको वीमालेखको संख्या १ लाख १३ हजार ४५३ रहेको छ । हाल सम्म कुल भुक्तानी हुन बाँकी दावी रकम १६ लाख ६९ हजार रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ७५ करोड रहेको छ भने जगेडा कोषमा ४२ करोड ०१ लाख रहेको छ । कम्पनीको जिवन बीमा कोषमा १ अर्ब ०४ करोड र महाविपत्ती जगेडामा ४ करोड ५१ लाख रहेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी रु ११.४६ र नेटवर्थ रु १२६.५९ रहेको छ ।