डिप्रोक्स लघुवित्तको खुद नाफा ३७.२०% ले बृद्धि – प्रति सेयर आम्दानी कति ?

deprosc laghubitta Bittiya Sanstha
Visa Travels

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ । तुलनाको अवधिमा खुद नाफा ३७.२०% ले बृद्धि भएको छ ।

लघुवित्तले यस त्रैमासमा २४ करोड ६९ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीम १७ करोड ९९ लाख आर्जन गरेको थियो ।

ads

लघुवित्तले ७ अर्ब ३६ करोड कर्जा सापटी र ४ अर्ब ५७ कारोड निक्षेप संकलन गरेर १२ अर्ब १४ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५ अर्ब ३३ करोड कर्जा सापटी र २ अर्ब ९५ करोड निक्षेप संकलन गरेर ९ अर्ब २० करोड कर्जा विस्तार गरेको थियो ।

लघुवित्तको खुद व्याज आम्दानी ५४ करोड २९ लाख रहेको छ भने गत आर्थिक वर्ष सोही अवधिमा ३७ करोड ४८ लाख रहेको थियो ।

लघुवित्तको सञ्चालन मुनाफा २९ करोड ६२ लाख रहेको छ भने गत आर्थिक वर्षमा २४ करोड ०६ लाख रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ०५ करोड रहेको छ भने जगेडा कोषमा ८० करोड ८९ लाख रहेको छ ।

लघुवित्तको निष्कृय कर्जा अनुपात १.७३% रहेको छ भने गत बर्ष ०.८९% रहेको थियो । कम्पनीको प्रति सेयर आम्दानी रु ४९.१२ र नेटवर्थ रु १८०.४६ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात २०.९५ गुणा रहेको छ ।

Visa Travels